उद्योग विभागको तीन महिना – ८७ वटा उद्योग दर्ता, १ खर्ब लगानी प्रस्ताव
बिहीबार, ०४ कात्तिक २०७८, १४ : २१
चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ८७ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागले दिएको जानकारी अनुसार साउनदेखि असोज महिनासम्ममा स्वदेशी तथा विदेशी गरेर ८७ वटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगहरुमा कुल १ खर्ब २२ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएको छ । उक्त लगानी प्रस्तावबाट ८ हजार १३४ जनाले रोजगारी पाउने विभागले बताएको छ । यसमध्ये १०७ वटा विदेशी लगानीले स्वीकृती पाएका छन् भने २४ अर्ब रुपैयाँ बराबरको नयाँ विदेशी लगानी प्रस्ताव भएका छन् ।
तीन महिनाको अवधिमा प्याटेन्ट दर्ता शून्य रहँदा ५ वटा डिजाइन दर्ता र ९१० वटा टेड्रमार्क दर्ता भएका छन् । यसैगरी, यो अवधिमा १४ वटा प्रारम्भिक वातावरणीय परिक्षण (आईई) सम्पन्न भएको विभागले जानकारी दिएको छ । असोज महिनासम्ममा अर्काको ट्रेडमार्क चोरी गर्ने ५४ फर्म/उद्योगलाई कारबाही गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण