टी–२० विश्वकप : पहिलो खेलमा अस्ट्रेलिया विजयी
टी–२० विश्वकप अन्तरगत सुपर १२ को पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय १९ रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १९.४ ओभरमा पछ्याएको हो ।
मार्कस स्टोइनिस र म्याथ्यु वेडले नटआउट रहँदै क्रमशः २४ र १५ रन बनाएपछि अस्ट्रेलियाले समूह १ अन्तरगको खेलमा पहिलो जीत हासिल गर्न सफल भएको हो । अस्ट्रेलियाको सुरुवात भने खराब भएको थियो । ३८ रनमा अस्ट्रेलियाले ३ विकेट गुमाइसकेको थियो । तर, स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलले पारी सम्हालेका थिए । स्मिथले ३५ तथा म्याक्सवेलले १८ रन बनाए । दुवै १ रनको अन्तरमा आउट भएपछि स्टोनिस र वेडले टोलीलाई जीतसम्म डोर्‍याएका थिए ।
यसअघि मिचेल स्टार्क, जोस हेजलवुड र एडम जाम्पाले २–२ विकेट लिएपछि दक्षिण अफ्रिकाको पारी ९ विकेटको क्षतिमा ११८ रनमा सिमित बनेको थियो । दक्षिण अफ्रिकाका लागि एडेन माक्रमले सर्वाधिक ४० रन तथा अन्त्यतिर कागिसो राबाडाले नटआउट रहँदै १९ रनको योगदान दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
-
सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन
-
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
-
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण