हरिदेवीलाई ‘लाइफ टाइम’, सुगममा विनोद उत्कृष्ट
वरिष्ठ गायिका हरिदेवी कोइराला ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित भएकी छन् । पुष्पाञ्जली स्टुडियो पोखराले आयोजना गरेको ‘गण्डकी म्युजिक अवार्ड– २०७८’ मा उनलाई सो सम्मान दिइएको हो । कार्यक्रममा दोहोरी गायक राजु परियालाई लोक स्वर सम्राटको उपाधि समेत प्रदान गरियो ।
पुष्पाञ्जली स्टुडियो पोखराको आयोजना रहेको नवराज बराल, क्षेत्रबहादुर कुँवर, सम्मरबहादुर थायक, मिठु झा, रेसम सापकोटा र पवित्रा रसाइलीलाई सम्मानित गरिएको अवार्डमा गायक विनोद वाँनियाले सुगम संगीततर्फ उत्कृष्ट अवार्ड प्राप्त गरे ।

‘नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान’ भन्ने नारासहित आयोजित कार्यक्रममा सुगम संगीततर्फ विभिन्न विधा गरेर चेतन राई, सुदीप फेल्डर, अमित गुरुङ, दीपक लामा, किरण शर्मा, गोविन्द चापागाईँ, राजबहादुर गुरुङ, रामचन्द्र ढकाल, सन्तोष अधिकारी, सरिता अधिकारी, टेकनारायण चापागाईं, शान्ति सुनार, जयकुमार परियार, विवी अनुरागीले अवार्ड प्राप्त गरेका छन् ।
त्यस्तै जीवन दाहाल, कमल सुशान्त केसी, दिलु फगामी मगर,सुरज रेग्मी, नारायण भट्टराई, सुमित्रा गिरी, सुनिल परियार, कृष्ण गुरुङले पनि सुगम संगीतर्फतको अवार्ड प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण