अनेक ‘डिल’ पछि पनि संकटको ‘डिल’ मा चोलेन्द्र
न्यायिक स्वतन्त्रता र गरिमाविपरीतका शृंखलाबद्ध कार्यका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संकटको डिलमा पुगेका छन् । उनी सर्वोच्च अदालतकै न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार एसोसिएसन र नागरिक समाजबाट चौतर्फी दबाबमा परेका छन् ।
सर्वोच्चका १३ न्यायाधीशले सोमबार पूर्ण बैठक बहिस्कार गरेका छन् । उनीहरु प्रधानन्यायाधीशले तोकेको इजलासमा बसेनन् । सर्वोच्चको काम कारबाही नै ठप्प भयो । न्यायिक इतिहासमा यो नौलो घटना हो । अब सहकर्मीसँग एकसाथ इजलासमा बस्न जबरालाई कठिन छ ।
जबराको राजीनामा माग्नेको संख्या बढ्दो छ । त्यसमा चार पूर्वप्रधानन्याधीश, पूर्व न्यायाधीशको फोरमपछि नेपाल बार पनि थपिएको छ । एकपछि अर्को विवादित कदमबाट उम्कन प्रधानन्यायाधीश जबराले यसबीच अनेक डिल गरे । तर उनको संकट झन् गहिरिँदो छ ।
प्रधानन्यायाधीश जबराले आसोज २६, २७ र २८ गते चार पूर्वप्रधानन्यायाधीशसका घरघरमा पुगेर आफ्नो संकट पार लगाइदिन आग्रह गरे । जबराले दसैँ बिदाका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे । जटिल मोडमा पुगेपछि जबरा आइतबार नेपाल बारका पदाधिकारीसँग छलफलमा बसे । त्यसपछि उनले न्यायिक परम्पार मिचेर सामेबारका लागि फूलकोर्ट बैठक बोलाए । जबरालाई अब राजनीतिक डिलले जोगाउन नसके राजीनामा नै अन्तिम निकास हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण