तीन महिनामा भारतबाट भित्रियो १ अर्ब ५८ करोडको प्याज
बुधबार, १० कात्तिक २०७८, १७ : ०२
चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा एक अर्ब ५८ करोड रुपैयाँको प्याज आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्ममा उक्त मूल्यको प्याज आयात भएको हो ।
यस अवधिमा ४ करोड ३० लाख १५ हजार किलो प्याज आयात भएको छ । यसबापत सरकारले १४ करोड ३० हजार किलो राजश्व संकलन गरेको छ । आयातितमध्ये सबै प्याज भारतबाट मात्रै आयात भएको विभागले जानकारी दिएको छ ।
यसैबीच, नेपालबाट चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा कतारतर्फ ८२ हजार रुपैयाँको प्याज निर्यात भएको छ । कतारमा नेपालबाट ५५० किलो प्याज निर्यात भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण