‘हल्का रमाइलो’ नेपाल टेलिभिजनमा हेर्न नपाइने
लोकप्रिय हास्य टेलिसिरियल ‘हल्का रमाईलो’ अब दर्शकले नेपाल टेलिभिजनमा हेर्न नपाउने भएका छन् । विगत लामो समयदेखि प्रसारण हुँदै आएको टेलिसिरियल नेपाल टेलिभिजनबाट निस्किएको छ । नेपाल टेलिभिजनबाट ‘हल्का रमाइलो’ आफुहरुले निकालेको सिरियलका निर्देशक, निर्माता तथा कलाकार राजु पौडेल ‘राजु मास्टर’ले बताए ।
‘नेपाल टेलिभिजनसँगको हाम्रो एग्रिमेन्ट सकियो । त्यसैले सिरियल निकालेका छौ’ निर्देशक पौडेलले भने ‘नेपाल टेलिभिजनले भन्दा हिमालय टेलिभिजनले राम्रो पैसा दिएको छ । अब त्यता प्रसारण हुन्छ ।’ ‘हल्का रमाइलो’ अब नियमित हिमालय टेलिभिजनबाटै आउने पौडेलले जानकारी दिए । हिमालय टेलिभिजनका आफ्नो अर्काे ‘जुठे’ भन्ने सिरियल समेत रहेकोले नेपाल टेलिभिजन भन्दा झन् राम्रो आर्थिक दिएको पौडेलले सुनाए ।
सिरियल हिमालय टेलिभिजनमा आगामि आइतबारदेखि प्रशारण हुन लागेको हो । राजु पौडेलको अलवा मरिचमान श्रेष्ठको समेत लेखन, निर्देशन रहँदै आएको ‘हल्का रमाईलो’ मा मरिचमान र राजु अलवा सारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, ईष्टु कार्की, उज्जवल खड्का, सविना आचार्य, सविना गिरी लगायत कलाकारको अभिनय रहदै आएको छ । नेपाल टेलिभिजनबाट सिरियल १०२ भाग प्रशारणमा भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण