महाधिवेशन सार्ने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महाधिवेशन सार्ने निर्णय गरेको छ । यसअघि पार्टीको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म गर्ने भनिएपनि तल्लो तहको अधिवेशन नै सम्पन्न हुन नसकेका कारण झण्डै दुई साता पर सार्ने निर्णय भएको हो ।
बिहीबार पार्टीका त्रय अध्यक्षहरूको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले महाधिवेशन मंसिर ११, १२ र १३ गते काठमाडौमा गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए । बैठकले सक्रिय सदस्य बनाउने अवधि कार्तिक १५ गतेसम्म बढाउने निर्णय गरेको छ भने केन्द्रीय निर्वाचन समितिले कार्तिक २६ भित्र सक्रिय सदस्यहरुको नामावली जिल्लाहरुमा पठाउने गरी निर्णय भएको छ ।
यसैगरी सक्रिय सदस्यको दावि विरोध कार्तिक २७, २८ र २९ गते गर्ने तथा अन्तिम नामावली कार्तिक ३० गते प्रकाशन गर्ने निर्णय भएको भद्राले जानकारी दिए ।
यसैगरी जिल्ला अधिवेशन कार्तिक २३ भित्र तथा सातैवटै प्रदेशसभाबाट प्रदेश कार्य समितिको निर्वाचन कार्तिक २८ गते गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन मंसिर १, २ र ३ गते गर्ने पनि राप्रपाले निर्णय गरेको छ । पार्टीले महाधिवेशनको तयारीको विभिन्न ९ समिति पनि गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण