एमाले महाधिवेशन सम्पन्न गर्न १२ समिति गठन
एमालेको १० औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ वटा समिति गठन गरेको छ । रामबहादुर थापा नेतृत्वको मूल व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले खाद्य, आवास, स्वयम् सेवक, प्रचार लगायत १२ वटा समिति गठन गरेको मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए ।
कसको नेतृत्वमा कुन समिति ?
प्रतिनिधि व्यवस्थापन- संगठन विभाग
जनपरिचालन- सुरेन्द्र पाण्डे
प्रचारप्रसार- योगेश भट्टराई
सांस्कृतीक– रघुजी पन्त/देवी ज्ञवाली
आर्थिक- विष्णु रिमाल
स्वास्थ्य- भानुभक्त ढकाल
मञ्च व्यवस्थापन- शेरबहादुर तामाङ
अतिथि सत्कार- राजन भट्टराई
आवास व्यवस्थापन- कृष्णभक्त पोखरेल
स्वयमसेवक परिचालन- विनोद श्रेष्ठ
यातायात व्यवस्थापन- काशीनाथ अधिकारी
खाद्य व्यवस्थापन- कपिल पोखरेल/पार्वती रावल
बैठकमा मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशनस्थल र तयारीबारे जानकारी गराएका थिए । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । उक्त महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण