रुपन्देहीमा प्रहरीद्वारा ठुलो परिणाममा सामान बरामद
रुपन्देही प्रहरीले बुटवलबाट आज बिहानै ठुलो परिणाममा सामान बरामद गरेको छ । बुटवल उपमहानगरपालिका–१, तिनाउ पुलबाट दुईवटा पिकअप भ्यान, दुई जना चालक र करिब ५२ लाख बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
प्रहरीले गाडी चालक सैनामैना नगरपालिका–२ बस्ने ४० वर्षका तुलसी थारु र सोही ठाउँ बस्ने बर्ष ४० का मीनप्रसाद भण्डारीलाई नियन्त्रणमा लिएको हो । यस्तै लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरको पिकअप गाडी पनि नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।
पिकअप भ्यानमा ६० हजार पिस लिपगार्ड, २३६ पिस कुर्था सुरुवाल सेट, ६ सय पिस चुन्नी र ६७ पिस बनारसी साडी बरामद भएको प्रहरीले जनाएको छ । यसको कूल मूल्य ५१ लख ४८ हजार ५ रहेको प्रहरीले जनाएको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका ती सामान कपिलवस्तुका विभिन्न नाका हुँदै बुटवल ल्याउँदै गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)
-
महाधिवेशनबाट एक जनालाई श्रीपेच लगाउन खोजेपछि पार्टी विभाजन भयो : अध्यक्ष राई
-
फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा
-
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता
-
गण्डकीमा बहुवर्षे योजनाको चाप, सरकारै पिच्छे थपिन्छन् अर्बौंका दायित्व
-
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ ५ बजे, को–को बन्दैछन् मन्त्री ?