रोल्पामा अक्सिजन प्लान्ट, मुख्यमन्त्री केसीद्वारा उद्घाटन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पा जिल्लामा जडान गरिएको अक्सिजन प्लान्टको एक समारोहका बीच उद्घाटन गरेका छन् । अक्सिजनको अभावमा जीवनको मृत्यु हुने जोखिमलाई न्यूनीकरण उद्देश्यले जिल्लामा पहिलो पटक प्लान्ट स्थापना गरिएको उनले बताए ।
सोही असरमा मुख्यमन्त्री केसीले रोल्पा अस्पताल भवनको निर्माणमा भएको ढिलाई बारेमा निर्माण व्यवसायीलाई तुरुन्त छानविन निर्देशन दिए । उनले तत्काल अस्पताल निर्माण गराउनको लागि नै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुन मगरले रोल्पा जिल्लामा अक्सिजनको जडान भएपछि आम रोल्पालीको जीवन सुरक्षा हुने कुरामा विश्वास व्यक्त गरे । उनले रोल्पा जिल्लामा विशेषज्ञ केन्द्रीत गरी जनतालाई सेवा प्रदानसमेत गर्न आग्रह गरे ।
यसैबीच रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पा अस्पतालको बत्तीको समस्यालाई हल गर्नका लागि १०० केभिएको जेनरेटर प्रदान प्रदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
-
विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण