त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
सारांश
- त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभाग र विश्वविद्यालय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनबिच सहकार्य गर्दै मनोपरामर्श इकाई स्थापना गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
- मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीहरूले अन्य विभागमा अध्ययनरत विद्यार्थीहरूलाई मनोपरामर्श सेवा प्रदान गर्नेछन् ।
- यस सेवामार्फत विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवर्द्धन, समस्या पहिचान, समयमै परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई उनीहरूको शैक्षिक, व्यक्तिगत र सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभाग र विश्वविद्यालय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनबिच सहकार्य गर्दै मनोपरामर्श इकाई स्थापना गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
शुक्रबार एक कार्यक्रमका बिच विभागको तर्फबाट विभागीय प्रमुख सन्जेश श्रेष्ठ र स्ववियुको तर्फबाट सभापति दिपकराज जोशीले समझदारी पत्रमा हस्ताक्षर गरी इकाई स्थापनाको घोषणा गरेका हुन् । इकाइमा मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीहरूले अन्य विभागमा अध्ययनरत विद्यार्थीहरूलाई समेत मनोपरामर्श सेवा प्रदान गर्ने सहमति भएको छ ।
वर्तमान सामाजिक परिवेशमा विद्यार्थीहरूमा बढ्दो मानसिक तनाव, चिन्ता, अवसाद तथा अन्य मनोसामाजिक समस्याहरूलाई मध्यनजर गर्दै, स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को समन्वयमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीहरूलाई मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले इकाई स्थापना गर्न पहल गरिएको सभापति जोशीले बताए ।
समझदारी पत्रमा त्रिवि मनोविज्ञान केन्द्रीय विभाग, कीर्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारिक प्रयोग गर्न विद्यार्थीहरुबिच परामर्श कार्यक्रम सञ्चालनका लागि स्वतन्त्र विद्यार्थी युनियनको कार्यालय परिसरमा रहेको एउटा कोठा प्रयोग गर्ने उल्लेख छ ।
त्यस्तै, स्वतन्त्र विद्यार्थी युनियनले सम्पूर्ण विभागहरूमा परामर्श कार्यक्रम सञ्चालन प्रारम्भ भएको जानकारी गराउन समन्वयकारी भूमिका निर्वाह गर्ने, स्वतन्त्र विद्यार्थी युनियनको कार्यालय रहने गरी निर्माण भएको विद्यार्थीमैत्री भवनमा स्ववियू स्थानान्तरण भएपछि नयाँ भवनमा समेत परामर्श कार्यक्रमलाई निरन्तरता दिन स्ववियूले विभागलाई कोठाहरू उपलब्ध गराएर सहकार्य जारी राख्ने लगायत सर्तहरू राखिएको छ ।
यस सेवामार्फत विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवर्द्धन, समस्या पहिचान, समयमै परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई उनीहरूको शैक्षिक, व्यक्तिगत र सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको सभापति जोशीले बताए ।
समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा पूर्व विभागीय प्रमुख डा.खेमराज भट्ट, फ्याकल्टी पदम राज जोशी, प्रशासन प्रमुख नोदनाथ त्रिताल तथा तेस्रो र चौथो सेमेस्टरका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह
-
क्लासिक टेकको १७औँ वार्षिकोत्सव
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
-
लुम्बिनीमा कार्यान्वयनमा आएन मन्त्रालय घटाउने निर्णय
-
‘ओह माई गड २’ को कथा मेरो हो, तर मलाई क्रेडिट दिइएन : परेश रावल
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण