दार्जलिङको स्टेजमा त्रिपाठीको जादु
नेपाली जादुगरको रुपमा चर्चित कलाकार महादेव त्रिपाठीले दार्जिलिङका स्थानीय माझ आफ्नो जादुका विभिन्न कला पस्किएका छन् । तिहारको अवसर पारेर शनिबार दार्जिलिङको चौरथामा आयोजित ‘भाइटिका नाइट दार्जिलिङ’ नामक सांगीतिक कार्यक्रममा उनले गीत, नृत्य, कमेडीका अलवा जादुका बिभिन्न कला प्रस्तुत गरेका हुन् ।
‘द गोर्खाज ग्रुप’ को आयोजना र तीन दर्जन कलाकर्मीको प्रस्तुति रहेको कार्यक्रममा उनी नेपालबाट एक्लो सहभागी कलाकार थिए । अन्य कलाकार भने दार्जिलिङका स्थानीय कलाकार रहेका थिए । दार्जिलिङ आफ्नो जादुमा दंग परेको र कमेडीमा पेट मिचिमिची हाँसेको कलाकार त्रिपाठीले बताए ।
‘मैले स्टेजमा म्याजिक पनि प्रस्तुत गरे’ त्रिपाठीले भने, ‘राष्ट्रिय झण्डा सहितको नृत्यमा दर्शकसमेत सँगै नाचेका थिए ।’ नेपाल चिनाउने उदेश्यले आफुले जुनै देशको कार्यक्रममा पनि नेपाली झण्डासहित नृत्य गर्ने गरेको त्रिपाठीले सुनाए ।
दीपावलीको अवसर पारेर केही दिन अगाडि कीर्तिपुरको मच्छेनारायणमा आयोजित ‘दीपावली साँस्कृतिक साँझमा’ एकै स्टेजमा एकसय बढी कलाकारको प्रस्तुति समेत राख्न उनी सफल भएका थिए । टेलिभिजनमा कमेडी लाइभ शो ‘हाम्रो घर’ सञ्चालन गरेर समेत चर्चा कमाएका त्रिपाठी कमेडी फिल्म तथा टेलिसिरियल समेत निर्माण र निर्देशन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण