शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी मापदण्ड परिवर्तन (अन्तरपार्टी निर्देशन-१४ सहित)

आइतबार, २१ कात्तिक २०७८, २१ : ५०
आइतबार, २१ कात्तिक २०७८

नेकपा एमालेले महाधिवेशन प्रतिनिधि छनौटसम्बन्धी मापदण्डमा परिवर्तन गर्दै अन्तर पार्टी निर्देशन–१४ जारी गरेको छ ।  एमालेले १० औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनौट सम्बन्धी व्यवस्थाका बारेमा यसअघि अन्तरपार्टी निर्देशन (अपानि १३) जारी गरेको थियो । तर अपानि १३ का सम्बन्धमा बुझाई र कार्यान्वयनमा एकरुपता कायम गर्न भन्दै सो पार्टीले पुन आइतबार अपानि १४ जारी गरेको हो । 

एमालेले यसअघि महाधिवेशन प्रतिनिधि छनोट गर्दा एक निर्वाचन क्षेत्रमा १५ सय पार्टी सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट गर्ने जनाएको थियो । तर अपानि १४ मा भने त्यो संख्या घटाएर १२ सय बराबर एक महिलासहित तीन जना छानिने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप