फिल्म ‘कुइनेटो’ले ल्यायो गीत ‘जलेको जल्यै’
माधवराज खरेलको निर्देशन रहेको फिल्म हो, ‘कुइनेटो’ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । तर निर्माण युनिट भने प्रचार प्रसारमा जुटिसकेको छ ।
यस्तैमा फिल्मले ‘जलेको जल्यै’ बोलको वियोगान्त गीत सार्वजनिक गरेको छ । गीतमा पुरुषोत्तम लोहानीको शब्द, अनिल विरहीको संगीत र राज सागरको स्वर छ । फिल्मका कलाकार श्रीदेव भट्टराई र सानिया खान माथी छायाँकन गरिएको गीत सुदूरपश्चिमको विभिन्न रमणीय एवं पर्यटकीय स्थान छायाँकन भएको छ ।
प्रेमकथा कलात्मक रुपमा प्रस्तुत गरिएको बताइएको फिल्ममा अछामी भाषा र संस्कृतिलाई प्रथामिकताका साथ प्रस्त्त गरिएको निर्देशक खरेलले बताए ।
कमला जोशीको प्रस्तुति रहेको फिल्ममा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतको अभिनय छ ।
किरण दाहालको द्वन्द्व निर्देशन, रुपेश उप्रेतीको नृत्य, जनकराज अधिकारी र जीवन पराजुलीको छायांकन, प्रदीप दाहाल र राजेश कुमारको सम्पादन फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानकाे नवनिर्वाचित कार्यसमितिले गर्यो शपथ ग्रहण
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण