इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराइएको छ । आइतबार निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएको हो ।
इप्पानको २४औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो। संस्थाको संशोधित विधान २०७८ बमोजिम नयाँ पदाधिकारी र सदस्यहरूको चयन गरिएको हो ।
इप्पानको विधानमा भएको व्यवस्थाअनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः अध्यक्षमा चयन भएका छन् । त्यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन लामा निर्विरोध निर्वाचित भएका थिए।
साधारण सभाले सात जना उपाध्यक्षहरू पनि चयन गरेको थियाे । जसमा हिमप्रसाद पाठक, सुसन कर्माचार्य, विक्रम न्यौपाने, नरेन्द्र बल्लभ पन्त, बलराम खतिवडा, प्रकाश दुलाल र उत्तर कुमार श्रेष्ठ रहेका छन् ।
संस्थाको महासचिवमा टेकनाथ (टी.एन.) आचार्य र उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन्। सचिव पदमा सविना सुसन कुमारी जोशी, विजय मोहन भट्टराई, कुवेरमणि नेपाल, ईशा श्रेष्ठ र अभिज्ञा मल्ल निर्वाचित भएका छन् भने कृष्ण घिमिरे र दीपक पौडेललाई सचिव पदमा नियुक्त गरिएको तियो ।
अधिकांश पदहरू निर्विरोध भए पनि कोषाध्यक्ष पदका लागि भने निर्वाचन भएको थियो। निर्वाचनमा शंकर बस्याल २६७ मत प्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेलले ८२ मत प्राप्त गरेका थिए।
नवनिर्वाचित कार्यसमितिकाे कार्यकाल तीन वर्षकाे हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण