प्रधानन्यायाधीशले तोकेको इजलासमा बसे चुडाल, अन्य न्यायाधीश छलफलमा
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलासमा न्यायाधीश कुमार चुडाल बसेका छन् । उनले बन्दीप्रत्यक्षीकरण सम्बन्धी एउटा मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन् । तर अन्य न्यायाधीश भने आन्तरिक छलफलमा रहेका छन् । प्रधानन्यायाधीशले आफैंलाई पनि इजलास तोकेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
यसअघि न्यायाधीशहरूसँगको छलफलमा प्रधानन्यायाधीश आफू इजलास नबस्न सहमत भएपनि आज आफ्नोसहित ६ वटा इजलास तोकेका हुन् । बहुमत न्यायाधीशले प्रधानन्यायाधीशमाथि प्रश्न उठेकाले राजीनामाको माग गर्दै इजलास बहिस्कार गर्दै आएका छन् । यसैगरी नेपाल बार एसोसिएसन पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित छ।
यसैबीच चुडालकाे अर्काे पेसी प्रधानन्यायाधीशसँगै पूर्ण इजलासमा राखिएकाे छ । तर उक्त इजलास भने अहिलेसम्म बसेकाे छैन । पूर्ण इजलासमा देवेन्द्र थापामगरको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

