चक्रपथ विस्तार अनिश्चित
चीनले चक्रपथको कोटेश्वर–कलंकी सडक अनुदानमा विस्तार गरिदिएको तीन वर्ष भयो। उक्त खण्डको काम सकेलगत्तै सरकारले २०७५ मा कलंकी–धोबी खोला (चाबहिल) दोस्रो खण्ड विस्तार गर्ने सम्झौता चीन सरकारसँग गरेको थियो। तर, लामो समय डिजाइन र डीपीआर नहुँदा आयोजना कस्तो बन्छ, कहाँ कति संरचना बन्छन् भन्नेमा नेपाली पक्ष अनभिज्ञ छ।
अहिलेसम्म चिनियाँ पक्ष के गर्दै छ भन्ने नै थाहा नभएको सडक विभागका उपमहानिर्देशक रामहरि पोख्रेल बताउँछन्। ‘हाम्रो तर्फबाट गर्नुपर्ने काम ९५ प्रतिशत सकेका छौं। यहाँ आएर काम थाल्न भनी हामीले दुईपटक पत्र पठाइसक्यौं’, उपमहानिर्देशक पोख्रेल भन्छन्, ‘तर, उहाँहरू आउन मानिरहनुभएको छैन। हालसम्म डीपीआर, डीजाइनसमेत दिनुभएको छैन।’ सरकारले उच्च तहमै यस विषयमा कुरा गर्नुपर्ने पोख्रेलको भनाइ छ।
काठमाडौं चक्रपथ सडक योजना कार्यालयकी इन्जिनियर सुमित्रा अधिकारीका अनुसार दोस्रो खण्डको ११.६ किलोमिटरमा नेपालले पहिला साइट क्लियर (रूख, पोल र ढल हटाउनुपर्ने) गर्नुपर्ने सम्झौतामा उल्लेख छ। त्यसपछि चिनियाँ टोलीले सडक विस्तार गर्ने सम्झौता छ। जसअनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ। थप ६–६ मिटरमा नेपालले सर्भिस ट्र्याक बनाउनुपर्ने हुन्छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
-
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
-
कारागारबाट फरार कैदीबन्दी पक्राउ
-
महामन्त्री पौडेलले टिचिङ अस्पताल पुगेर भेटे माजिद अन्सारी
-
पोखरामा ४० गाडीको प्रदूषण जाँच्दा १९ वटा फेल
-
नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ व्यापारीले भरियो, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण