रुपन्देहीमा समाजवादी प्रेस संगठनको नेतृत्व चयन
समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीमा युवा पत्रकार विनोद परियारको नेतृत्वमा कमिटी गठन भएको छ । सोमबार बुटवलमा समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको बैठकले रुपन्देहीको संयोजकमा विनोद परियारलाई चयन गरेको हो ।
कमिटीको सह–संयोजकमा शंकर पाण्डे र उषा किरण पन्थ चयन भएका छन् । सचिवमा पुनहरि वेल्वासे र सहसचिवमा कृष्ण रणपाल रहेका छन् । बैठकले १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादी रुपन्देहीका प्रचार विभाग प्रमुख सरिता श्रीसको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज एवं संगठनका वरिष्ठ संस्थापक नेता डा.बालकृष्ण चापागाईँको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै, पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इन्चार्ज सिद्धिचरण भट्टराई, लुम्बिनी प्रदेश कमिटी सदस्य श्रीराम यादव, रुपन्देही जिल्ला सचिव अविराम विक, समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज विकास बञ्जाडे र संयोजक शिव सुवेदी लगायतको सहभागिता रहेको थियो ।
बैठकलाई सम्बोधन गदै लुम्बिनी प्रदेश पार्टी प्रचार–विभागका प्रमुख समेत रहनु भएका डा.चापागाईंले समाजवादी प्रेस संगठन नेपालको लुम्बिनी प्रदेशमा संगठन बिस्तारको क्रम रुपन्देहीबाट अभियानको रुपमा थालनी गरिएको बताउँदै लुम्बिनी प्रदेशका सबै जिल्लामा कमिटी निर्माण गरिने बताए । साथै उनले समाजवादी प्रेस संगठनले श्रमजीवी पत्रकारहरुको हकहितको पक्षपोषण र नेतृत्व गर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह
-
क्लासिक टेकको १७औँ वार्षिकोत्सव
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
-
लुम्बिनीमा कार्यान्वयनमा आएन मन्त्रालय घटाउने निर्णय
-
‘ओह माई गड २’ को कथा मेरो हो, तर मलाई क्रेडिट दिइएन : परेश रावल
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण