शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हत्या आरोपी ११ वर्षपछि पक्राउ

मङ्गलबार, २३ कात्तिक २०७८, १० : ३६
मङ्गलबार, २३ कात्तिक २०७८

हत्या आरोपमा ११ वर्षदेखि फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका–८ बन्जरिया घर भएका ४३ वर्षीय भोलानाथ उपाध्यायलाई  प्रहरीले पक्राउ गरेको  हो । 

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार २०६७ असोज ३१ गते साँझ कपिलवस्तुको साबिक भलवारी गाबिस–८ सानो भलवारीमा मेला हेर्न गएका उनले साविकको उदयपुर गाबिस ७ बस्ने मुनिम भन्ने सीताराम पासीलाई छेदी यादव र हरिहर कुर्मीले भोलानाथमार्फत् अन्य २ जना व्यक्तिहरूलाई १ लाख रुपैयाँ दिई गोली प्रहार गरी हत्या गराएको घटनामा अदालतले उनीहरू दोषी  ठहर गरेको थियो । छेदीलाई २०६८ भदौ ४ गते र हरिहरलाई २०६८ असोज २४ गते नै प्रहरीले पक्राउ गरेको थियो ।

उक्त मुद्दामा अदालतबाट २० वर्ष कैद फैसला भई विगत ११ वर्षदेखि फरार रहेका भोलानाथ भारतको मुम्बईमा लामोसमय लुकीछिपी बसेका थिए । हालै कपिलवस्तु नगरपालिका १ प्रशासन चोकमा डेरा लिई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ  गरेको हो । भोलानाथलाई जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप