छ व्यापारिक फर्मलाई ३० हजार जरिवाना
मङ्गलबार, २३ कात्तिक २०७८, १५ : २०
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले मिठाई तथा फलफूल पसलमा अनुगमन गर्दै उपभोक्ता ठगेको पाइएपछि कारबाही गरेको हो । भक्तपुरको धनुषा एण्ड धनुषा मिठाई भण्डार, शेखधर मिठाई पसल र गुप्ता एण्ड स्वीट्स हाउसलाई प्रति पसल ५÷५ हजारका दरले जरिवाना गरेको छ । यस्तै, भक्तपुरकै माँ लक्ष्मी फ्रुट सेन्टर र ललितपुरको माँ वैष्णदेवी फ्रुट जुस सेन्टर तथा निशा फ्रुट सपलाई जरिवाना गरेको विभागले जानकारी दिएको छ ।
तीन वटा मिठाई र तीन वटा फलफुल पसलबाट ५/५ हजारका दरले ३० हजार रुपैयाँ जरिवाना गरेको हो । यी सबै व्यापारिक फर्मले उपभोक्ता ठगेको विभागले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण