व्यवसायिक सामाजिक उत्तरदायित्व खर्चसम्बन्धी कार्यविधि बन्दै, मन्त्रालय पुग्यो ‘ड्राफ्ट’
व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) खर्च सम्बन्धी कार्यविधि बनाउने प्रक्रिया अगाडी बढेको छ । ‘औद्योगिक व्यवसाय ऐन, २०७६’ को व्यवस्थाअनुसार सीएसआर कार्यविधि निर्माण प्रक्रिया अगाडि बढेको हो ।
उद्योग विभागले कार्यविधिको पहिलो ड्राफ्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको छ । विभागले मन्त्रालयमा कात्तिक २३ गते ड्राफ्ट पठाइसकेको छ । विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुलीले कार्यविधिका पहिलो ड्राफ्ट मन्त्रालयमा पठाएको बताएका छन् ।
‘विभागबाट हामीसँग फाइल आइसक्यो । मन्त्रालय अहिले छलफलको चरणमा छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘औद्योगिक व्यवसाय नियमावली नबनेसम्म यो कार्यविधि पारित हुँदैन ।’ नियमावलीको फाइल उद्योग मन्त्रालयको दराजमा थन्किएको धेरै भइसक्यो ।
निजी क्षेत्रले गर्ने सीएसआरसम्बन्धी खर्चलाई व्यवस्थित बनाउन कार्यविधि आवश्यक परेपछि सरकारले कार्यविधि निर्माणको प्रक्रिया अगाडि बढाएको हो । यसलाई निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग थप छलफल गरेर अन्तिम रुप दिइने मन्त्रालयले बताएको छ ।
तत्कालिन केपी शर्मा ओलीको सरकारले मन्त्रिपरिषद्मा पेश गरे पनि सरकार परिवर्तन भएसँगै फाइल फिर्ता भयो । त्यसपछि उद्योग मन्त्रालय नेतृत्वविहिन बन्दा नियमावलीको प्रस्ताव मन्त्रिपरिषद्मा पेश हुन सकेको छैन । यद्यपि, विभागबाट आएको ड्राफ्टका विषयमा आवश्यक छलफल अगाडि बढाउन मिल्छ ।
नयाँ ऐनको नियमावली नबनेकाले विभागले २०७३ को नियमावलीअनुसार कार्यविधिको फाइल तयार पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण