युट्युब भिडियोमा अब देखिने छैन डिस्लाइक काउन्ट, यस्तो छ कारण
युट्युबले एउटा ठूलो घोषणा गरेको छ । कम्पनीले भिडियोमा डिसलाइक काउन्टलाई प्राइभेट राख्ने जानकारी दिएको छ । अर्थात्, मानिसहरुले कुनै पनि भिडियोमा डिसलाइक काउन्ट देख्ने छैनन् ।
युट्युबको यो घोषणामा मानिसहरुले भिन्न भिन्न प्रतिक्रिया दिएका छन् । केहीले यसलाई राम्रो कदम बताएका छन् भने कतिले यसले कन्टेन्ट क्रियटर्सलाई नै असर पार्ने बताएका छन् । यद्यपि, युट्युबको मान्यता योभन्दा भिन्न छ ।
युट्युबलाई लाग्छ कि डसलाइकलाई प्राइभेट बनाएर कम्पनीले क्रियटर्सलाई ह्यारेसमेन्टबाट बचाउन सक्नेछ र ‘डिस्लाइक अट्याक’ को नामबाट चर्चित थ्रेटबाट पनि क्रिसटर्सलाई बचाउन सक्नेछन् ।
यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने अहिले पनि हरेक युट्युब भिडियोमा तपाईंले लाइक र डिस्लाइकको अप्सन देख्नुहुनेछ । तर पहिले जस्तै भिडियोमा कतिजनाले डिसलाइक गरे भनेर देख्न पाउनेछैनन् ।
कुनै भिडियोमा कतिजनाले डिसलाइक गरेका छन् भनेर भिडियो अपलोड गर्ने र कन्टेन्ट क्रिएट गर्नेले मात्रै देख्न पाउनेछन् । प्रयोगकर्तालाई यदि कुनै भिडियो मन परेको छैन भने उनीहरुले अहिले पनि डिसलाइक बटन ट्याप गर्न सक्छन् र यसलाई डिसलाइक गर्न सक्छन् ।
युट्युब क्रियटर्सले युट्युब स्टुडियोको भिडियोको परफर्मेन्सका साथै डिसलाइक काउन्ट पनि हेर्न सक्नेछन् ।
कम्पनीका अनुसार साना क्रिएटर्स र ती मानिसहरु जसले यो प्लेटफर्ममा सुरुवात गरिरहेका छन् उनीहरुलाई डिस्लाइक अट्याकमार्फत् गलत तरिकाले टार्गेट गरिन्छ । यस्तोमा उनीहरुको मनोबल पनि खस्किन्छ ।
मानसिक स्वास्थ्यका कारण अन्य कम्पनीले पनि डिसलाइक वा लाइक काउन्ट हटाउन सुरु गरिसकेका छन् । इन्स्टाग्राम र फेसबुकमा अब पोस्टको रियाक्सन काउन्टलाई लुकाउन सकिनेछ ।
हाल युट्युबमा डिसलाइक काउन्ट हेर्न सकिन्छ तर कम्पनीले डिसलाइक काउन्ट हटाउन आजैदेखि सुरु गरेका कारण यो सबै ठाउँमा छिट्टै हट्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण