बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्जु पन्तको स्वर रहेको ‘मखमली’ सार्वजनिक

शुक्रबार, २६ कात्तिक २०७८, ११ : २८
शुक्रबार, २६ कात्तिक २०७८

गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘मखमली’ सार्वजनिक भएको छ । लक्की सिटौलाको संगीत रहेको गीत गायनमा अञ्जुलाई लक्कीले नै स्वरमा साथ दिएका छन् ।

विनोद केसीको शब्द रहेको गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा मोडल सुदर्शन भट्टराई तथा सगुन शाहीको अभिनय देख्न सकिन्छ ।
 
काठमाडौंका विभिन्न रमणीय स्थानमा छायाँकन भएको भिडियो विनोदले नै निर्देशन गरेका हुन् । करण चौसिरको छायाँकन रहेको भिडियोमा राज कुमारको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप