नेता कार्यकर्ता खोसाखोसमा जसपा र लोसपा
जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि तराई मधेस हो । दुवै पार्टीको भोट बैंक पनि तराई मधेस नै हो । त्यसैले दसैँतिहार, छठजस्ता महत्त्वपूर्ण चाडमा जसपा र लोसपाका नेताहरु चाडपर्व मनाउनभन्दा पनि व्यस्त भए ।
जसपा र लोसपाका अधिकांश शीर्ष नेता दसैँदेखि मधेसमै छन् । उनीहरु कात्तिकभर मधेसमै बस्ने भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो यसबीचमा अर्जेन्ट काम परेको बेला मात्र काठमाडौँ आए । धेरै जसो समय मधेसमै बसे । यहाँसम्म कि अघिल्लो दिन काठमाडौँ आएर भोलिपल्टै मधेश फर्किए ।
मधेसमा अहिले दिनहुँ जस्तो पार्टी प्रवेश कार्यक्रम हुने गरेका छन् । कहिले जसपा त कहिले लोसपाका तर्फबाट पार्टी प्रवेश कार्यक्रम भइरहेका छन् । लोसपाको कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार कात्तिक २९ गते वीरगञ्जमा ठूलो तहको पार्टी कार्यक्रम राखिएको छ । नेताहरुको नाम भने उनले खुलाउन चाहेनन् । नाम खुलाए चलखेल हुने उनको बुझाइ छ । यसले उपेन्द्र यादवलाई ठूलै धक्का लाग्ने उनको दाबी छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण