आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीले भन्यो– स्वतन्त्र न्यायपालिकाको अवधारणामा संकट पैदा भयो

आइतबार, २८ कात्तिक २०७८, २१ : २३
आइतबार, २८ कात्तिक २०७८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सर्वाेच्च अदालतमा देखिएको विद्यमान संकटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संकट निवारणमा एकीकृत धारणा बनाउन अपिल गरेको छ । आइतबार सम्पन्न सो पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठकपछि उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जारी गरेको विज्ञप्तिमा बैठकले न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा संकट पैदा भएको निष्कर्ष समेत निकालेको छ ।

‘देशको संविधानले सुनिश्चित गरेको शक्ति पृथकीकरणको सिद्धान्त खलबलिनु संविधानवादको विरुद्ध हुनजान्छ । आज न्यायालयमा देखिएको समस्याले यो सिद्धान्त खलबलिने स्थितिमा पुगेको छ’, सत्तारुढ दल एकीकृत समाजवादीले भनेको छ ‘न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा पनि संकट पैदा भएको छ ।’

सो पार्टीले कानुन क्षेत्रका विद्धान अधिवक्ताहरु, उनीहरुका संगठन र नागरिक समाजका अगुवाहरु न्यायिक सर्वोच्चताको पक्षमा आन्दोलित भएको भन्दै न्याय क्षेत्रको विद्यमान अवस्था र संकटप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । ‘यो संकट समाधानको लागि राजनीतिक दलहरु, न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन यो बैठक अपिल गर्दछ’, नेकपा एकीकृत समाजवादीले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप