एकीकृत समाजवादीले भन्यो– स्वतन्त्र न्यायपालिकाको अवधारणामा संकट पैदा भयो
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सर्वाेच्च अदालतमा देखिएको विद्यमान संकटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संकट निवारणमा एकीकृत धारणा बनाउन अपिल गरेको छ । आइतबार सम्पन्न सो पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठकपछि उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जारी गरेको विज्ञप्तिमा बैठकले न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा संकट पैदा भएको निष्कर्ष समेत निकालेको छ ।
‘देशको संविधानले सुनिश्चित गरेको शक्ति पृथकीकरणको सिद्धान्त खलबलिनु संविधानवादको विरुद्ध हुनजान्छ । आज न्यायालयमा देखिएको समस्याले यो सिद्धान्त खलबलिने स्थितिमा पुगेको छ’, सत्तारुढ दल एकीकृत समाजवादीले भनेको छ ‘न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा पनि संकट पैदा भएको छ ।’
सो पार्टीले कानुन क्षेत्रका विद्धान अधिवक्ताहरु, उनीहरुका संगठन र नागरिक समाजका अगुवाहरु न्यायिक सर्वोच्चताको पक्षमा आन्दोलित भएको भन्दै न्याय क्षेत्रको विद्यमान अवस्था र संकटप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । ‘यो संकट समाधानको लागि राजनीतिक दलहरु, न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन यो बैठक अपिल गर्दछ’, नेकपा एकीकृत समाजवादीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण