चालक अनुमतिपत्रको अनलाइन आवेदन कार्यालय समयमा भर्न नपाइने
सेवाग्राहीले कार्यालयका समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् । प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालू नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
देशभरका यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुषालले एक सूचना जारी गरी कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको बताएका छन् । उनका अनुसार अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका छन् । उनले भनेका छन्, ‘यो साता सेवाग्राहीले बिहान र साँझ मात्रै फारम भर्न पाउनुहुन्छ ।’
सेवाग्राहीले अनलाइन फारम भरेपछि फोटो खिचाउन, मेडिकल रिपोर्टलगायत कामका लागि कार्यालयमा जानुपर्छ । दुई वर्षदेखि नै सेवा बीचबीचमा अवरुद्ध हुँदा अनुमतिपत्रका लागि फारम भर्न नपाएका सेवाग्राहीले अहिले खुल्नासाथ भरिरहेका छन् ।
देशभरका १२ कार्यालयमा दैनिक लाखौँ सेवाग्राही आइरहेको र त्यो चापले गर्दा प्रणालीमा समस्या आएको प्रवक्ता डा भुषालले जानकारी दिए । विभागले गत वर्षदेखि अनलाइन आवेदन सुरु गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलम्पियन एसोसिएसन र खेलाडी सङ्घद्वारा राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत
-
राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो सातादेखि
-
नेपाल माइक्रो इन्स्योरेन्समा सञ्चालक समितिको अध्यक्षमा लुइँटेल र सदस्यमा सत्याल नियुक्त
-
घुमन्ते राउटेका लागि कर्णाली सरकारले ल्यायो घुम्ती सेवाको अवधारणा
-
उपत्यकामा अव्यवस्थित तार व्यस्थापन अभियान तीव्र
-
गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अमिन पदमा कार्यरत यादव दोषी ठहर, १ करोड १२ लाख बिगो र कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण