आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चालक अनुमतिपत्रको अनलाइन आवेदन कार्यालय समयमा भर्न नपाइने

सोमबार, २९ कात्तिक २०७८, २१ : ००
सोमबार, २९ कात्तिक २०७८

सेवाग्राहीले कार्यालयका समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् । प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालू नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

देशभरका यातायात व्यवस्था  विभागका प्रवक्ता डा लोकनाथ भुषालले एक सूचना जारी गरी कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको बताएका छन् । उनका अनुसार अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका छन् । उनले भनेका छन्, ‘यो साता सेवाग्राहीले बिहान र साँझ मात्रै फारम भर्न पाउनुहुन्छ ।’

सेवाग्राहीले अनलाइन फारम भरेपछि फोटो खिचाउन, मेडिकल रिपोर्टलगायत कामका लागि कार्यालयमा जानुपर्छ । दुई वर्षदेखि नै सेवा बीचबीचमा अवरुद्ध हुँदा अनुमतिपत्रका लागि फारम भर्न नपाएका सेवाग्राहीले अहिले खुल्नासाथ भरिरहेका छन् ।

देशभरका १२ कार्यालयमा दैनिक लाखौँ सेवाग्राही आइरहेको र त्यो चापले गर्दा प्रणालीमा समस्या आएको प्रवक्ता डा भुषालले जानकारी दिए । विभागले गत वर्षदेखि अनलाइन आवेदन सुरु गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप