पति–पत्नीबीच झगडापछि विमानको आपतकालीन अवतरण
दिल्ली– कतार एयरवेजको दोहाबाट बाली जाने विमान एक दम्पतीवीचको झगडका कारण आपतकालीन अवतरण गराइएको छ । विमान भारतको चेन्नई विमानस्थलमा अवतरण गराइएको हो । इरानी जोडी छुट्टि मनाउन बाली जाँदै थिए ।
उडानका बेला महिलाले आफ्नो पतिको मोवाइल हेरिन्, अनि थाहा भयो कि पतिका अरु कसैसँग प्रेमसम्बन्ध छ । रिसमा आएकी पत्नीले पतिसँग झगडा गर्न थालिन्, जसका कारण विमानको चेन्नईमा अवतरण गराउनुपर्यो ।
यो दम्पती र उनका बच्चालाई चेन्नईमा छाडेर विमान बालीका लागि उडेको थियो । खासमा महिलाले सुतेका पतिको औला प्रयोग गरेर मोवाइल खोलिन र त्यहाँ भएका कुराकानी हेरिन् ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्सलाई सरकारी अधिकारीहरुले भनेका छन कि, जोडीसँग बच्चा पनि थिए र यो जोडीलाई चेन्नईबाट फेरि दोहा पठायो किनभने उनीहरुसँग भारतीय भिसा थिएन् ।
शुरुमा एयरवेजका कर्मचारीले ती महिलालाई शान्त गराउन कोशिष गरे । तर, पनि महिलाको रिस कम भएन । यो परिवार एक दिन चेन्नईमा बस्यो र त्यहाँबाट मलेशिया पठाइयो । कतार एयरवेजले नीजि मामला रहेको भन्दै यो विषयमा केही प्रतिक्रिया दिन मानेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण