अर्थतन्त्रका सूचकको मिश्रित संकेत
चालू आर्थिक वर्षको तेस्रो महीना अर्थात् असोज मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकमा मिश्रित संकेत देखिएको छ । असोजसम्म आउँदा केही सूचक सुधारोन्मुख देखिएका छन् भने कतिपयको अवस्था झन् बिग्रँदै गएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार असोजसम्म आउँदा विदेशी मुद्रा सञ्चिति (डलर) थप घटेको छ । यस्तै, चालू खाता घाटा पनि ह्वात्तै बढेको छ । यसैगरी मूल्यवृद्धि थप बढेको छ भने विप्रेषण आप्रवाह झनै घटेको छ ।
तर, शोधनान्तर घाटा भने केही कम भएको छ । साथै, वैदेशिक व्यापारघाटाको वृद्धिदर पनि कम भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस्तै, भ्रमण आय तथा प्रत्यक्ष वैदेशिक लगानीमा राम्रो वृद्धि देखिएको छ । असोजसम्म आउँदा विदेशी मुद्रा सञ्चिति घटेर १० अर्ब ९८ करोड डलर कायम भएको छ । गत असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ११ अर्ब ७५ करोड डलर रहेको थियो । तर, त्यो निरन्तर ओरालो लागेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण