अभिनयमा फर्किइन् चम्सुरी
बुधबार, ०१ मङ्सिर २०७८, ११ : ०८
कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अभिनयमा फर्किएकी छन् । दुबै मृगौला फेल भएका कारण विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी उनी केही दिन अगाडि अभिनयमा फर्किएकी हुन् । आफु अभिनयमा फर्किएको डंगोलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘आज बेलुका ‘मेरी बास्सै हेर्नुहोला । म भेट्न आउँदैछु ।’
चम्सुरी अभिनयमा फर्किदा ‘मेरी बास्सै’ युनिटले छायाङ्कन सेटमा भव्य स्वागत समेत गरेको थियो । उनको मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी रहेको छ । करिब ५ वर्षदेखि डायलाइसिस गराइरहेकी पल्पसा ६ महिना अगाडि उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । सोही समयदेखि उनी अभिनयबाट टाढा भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण