स्वास्थ्य र शिक्षा क्षेत्रबाट नोबेलले तिर्यो सबैभन्दा बढी कर
स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मुलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ । आर्थिक बर्ष २०७६/०७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो ।
१० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहका बीच आन्तरिक राजश्व विभागले नोवेललाई सम्मान गरेको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद उपाध्यायलाई माला र खादा लगाएर सम्मानपत्र प्रदान गरी सम्मानित गरे । कार्यक्रममा अन्य क्षेत्रका उत्कृष्ट करदाताहरुलाई पनि सम्मानित गरियो ।
योसँगै नोबेल दुई पटक मूलुकको उत्कृष्ट करदाता बनेको छ । यसअघि आर्थिक बर्ष २०७३/०७४ मा पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट मुलुककै सबैभन्दा बढी आयकर तिरेर नोबेल सातौं कर दिवसमा पुरस्कृत भएको थियो । दोस्रो पटक पनि मुलुकको उत्कृष्ट करदाता बनेपछि प्रतिक्रिया दिदैं नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले यो पटक पनि राज्यलाई बढी कर तिर्न सफल भएकोमा खुशी व्यक्त गरे ।
२०६१ सालमा विराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका क्षेत्रमा अब्बल मानिन्छ । पटक–पटक मुलुकको उत्कृष्ट करदाता बनेर नोबेलले राज्यलाई बढी योगदान गर्ने महत्वपूर्ण संस्थाको पहिचान पनि थपेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण