‘चपली हाइट- ३’ को ट्रेलर सार्वजनिक
अर्जुनकुमारको निर्माण रहेको फिल्म ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार दरबारमार्गको राइजिङ मल स्थित क्युज सिनेमाज्मा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ३६ सेकेण्डको अवधिको ट्रेलरमा फिल्मको केही महत्वपूर्ण अंश समेटिएको छ । सस्पेन्स र थ्रीलर शैलीमा ट्रेलर तयार गरिएको छ ।
स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय फिल्ममा छ । आगामी पुस २ गतेबाट प्रदर्शन मिति तोकिएको फिल्मका कार्यकारी निर्माता नरेन्द्र महर्जन र हेमन्त धामी हुन् ।
आकाश बरालको कथा तथा सम्वाद रहेको फिल्ममा डिपी खनालको शब्द, सुभाष भुषाल र अर्जुनकुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व छ । दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको फिल्म क्राइम–थ्रिलर जनरामा निर्माण भएको हो । फिल्मको निर्देशन निकेश खड्काले गरेका हुन् ।
स्वस्तिमा खड्काले पहिलो पटक आफूले फरक जनराको फिल्ममा काम गरेकाले नयाँ अनुभूति भएको बताइन् । दर्शकले फिल्म रुचाउने उनको भनाई रहेको थियो । कार्यक्रममा निर्माता अर्जुनकुमार,अभिनेत्री सुपुष्पा भट्ट, निर्देशक निकेश लगायतले फिल्मको बिषयमा धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी
-
परीक्षाका क्रममा परीक्षार्थीलाई डिजिटल माध्यमबाट पूर्ण ‘ब्लक’ गर्नुपर्छ
-
छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै
-
सांसद पद्मा अर्यालको प्रश्न– निष्पक्ष निर्वाचन र विदेशमा मतदानको पूर्वाधार कसरी निर्माण गर्न सकिन्छ ?
-
किन दोहरिन्छन् देवानगन्ज घटनाहरू ?
-
सांसद दंगालको प्रश्न – संवैधानिक निकायका पदाधिकारीको कार्यसम्पादन मापनयोग्य कसरी बनाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण