सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीले ललितपुरका सबै वडामा गर्‍यो अधिवेशन, कहाँ कसको नेतृत्व ?

शनिबार, ०४ मङ्सिर २०७८, २२ : ०८
शनिबार, ०४ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रले ललितपुरको ७१ वटै वडामा सम्मेलन गरेर नयाँ नेतृत्व चयन गरेको छ ।  शनिबार एकैपटक भएको सम्मेलनबाट जिल्लामा रहेका ६ वटै पालिकाको ७१ वटा वडामा नयाँ नेतृत्व चयन भएको माओवादी केन्द्रिय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले जानकारी दिए ।

‘आज ७१ वटै वडामा सम्मेलन सकियो’ दाहालले भने, ‘सबै ठाउँमा निर्विरोध अध्यक्ष निर्वाचित भए ।’ ललितपुर महानगरपालिकामा २९ वटा, महालक्ष्मी नगरपालिकामा १०, गोदावरी नगरपालिकामा १४ वडा छन् । यस्तै बागमती गाउँपालिकामा ७, कोन्ज्योसोम गाउँपालिकामा ५ र र महांकाल गाउँपालिकामा ६ वटा वडा छन् ।

ललितपुर महानगरको १ नम्बर वडामा श्याम तण्डुकार, २ मा बद्री तण्डुकार, ३ नम्बर वडामा सरोज महर्जन चुनिएका छन् । यसैगरी महानगरको ४ नम्बर वडामा आशिष बस्नेत, ५ मा अनिल श्रेष्ठ, ६ मा धर्मलाल महर्जन, ७ मा राजेन्द्र महर्जन, ८ मा धर्म महर्जन चुनिएका छन् ।

यस्तै ९ नम्बर वडामा राजमान अवाले, १० मा सुरेश श्रेष्ठ, ११ मा सुरेश महर्जन, १२ मा नानीछोरी महर्जन, १३ मा रमेश कोइराला, १४ मा दुर्गा देवान, १५ मा राजु नेपाल, १६ नम्बर वडामा नरेश महर्जन पनि शनिबार नै भएको सम्मेलनबाट वडाअध्यक्ष चुनिएका छन् ।

यसैगरी, ललितपुर महानगरकै १७ नम्बर वडामा रत्न महर्जन, १८ मा विदुर खड्का, १९ मा ज्ञानेन्द्र बज्राचार्य, २० मा चिरण महर्जन, २१ मा धर्मराज डंगोल, २२ मा देवेन्द्र शाक्य, २३ नम्बर वडामा राजेश महर्जन, २४ नम्बर वडाको अध्यक्षमा पुरुषोत्तम खड्का, २५ मा सानुबाबु थापा,२६ मा राजु महर्जन, २७ मा कृष्णहरि महर्जन, २८ मा अशोक महर्जन र २९ वडामा पुष्परत्न महर्जन वडाअध्यक्ष निर्वाचित भएको माओवादी केन्द्रले जनाएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकामा पनि शनिबार नै १० वटै वडाको अधिवेशन सकिएको माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य शिव कट्टेलले जानकारी दिए । उनका अनुसार शानदार रुपमा सम्मेलन सकिएको छ । सबै वडामा शानदार रुपमा उत्साहपूर्वक सम्मेलन सकियो, कट्टेलले भने, माओवादीमा जनताको फेरि एकपटक चासो बढेको छ ।

नगरपालिकाको १ नम्बर वडामा अभिषेक केसी अध्यक्ष चुनिएका छन् । २ नम्बर वडामा राजन सुवेदी, ३ नम्बरमा मनिष सुवाल, ४ मा कृष्णबहादुर तिरुवा, ५ मा शरद रानामगर, ७ मा मंगलदास श्रेष्ठ, ८ मा सानोकान्छा महर्जन, ९ मा ईश्वर श्रेष्ठ र १० मा पासाङ लामा अध्यक्ष चयन भएको कट्टेलले बताए ।

गोदावरी नगरपालिकामा पनि सर्वसम्मत रुपमा १४ वटै वडामा अध्यक्ष चयन भएको माओवादी केन्द्र गोदावरी नगरपालिका इन्चार्ज राम दाहालले बताए । १ नम्बरमा राजेश थाप, २ नम्बरमा रामचन्द्र पुरी, ३ नम्बरमा सन्तोष तामाङ, ४ नम्बरमा गौरव पहरी, ५ मा राजेन्द्रकुमार सिलवाल, ६ मा अष्ट्मान नगरकोटी, ७ मा प्रकाश तामाङ, ८ मा उपेन्द्र कलवार, ९ मा अक्कल मिजार, १० मा प्रकाश बजगाइ, ११ मा मदन महर्जन, १२ मा बासु महर्जन, १३ मा हीरा कुमार खड्का र १४ नम्बर वडामा सुरज महर्जन चयन भएका छन् ।

कोन्जोसोम गाउँपालिका 
१ नम्बर वडाअध्यक्षमा कान्छालाल लामा, २ नम्बरमा नमराज दाहाल, ३ नम्बरमा सानुभाइ घिसिङ, ४ नम्बरमा अविरल तामाङ र ५ नम्बरमा विजयकुमार स्याङ्ताङ निर्वाचित भएको ५ नम्बर वडाध्यक्ष सुबिन्द्र तामाङले जानकारी दिए ।
बागमती गाउँपालिका 

बागमती गाउँपालिकामा आजै सकिएको सम्मेलनबाट १ नम्बर वडा अध्यक्षमा राम लामा, २ नम्बरमा सुनबहादुर वाइवा, ३ नम्बरमा रामलाल थिङ, ४ नम्बरमा संगीत लामा,५ नम्बरमा श्याम गौतम, ६ नम्बरमा पदमबहादुर भोम्जन र ७ नम्बर वडाअध्यक्षमा दुर्गा रुम्बा निर्वाचित भएको माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्ष भक्तबहादुर दर्लामीले जानकारी दिए ।

महाङ्काल गाउँपालिका
१ नम्बर वडाअध्यक्षमा पुरुषोत्तम तिमल्सिना, २ नम्बर वडाअध्यक्षमा चन्द्रबहादुर भोम्जन, ३ नम्बर वडाध्यक्षमा रामहरि दुलाल, ४ नम्बर चित्रराज बजगाइँ, ५ मा षडानन्द बजगाइँ र ७ नम्बर वडाध्यक्षमा माधवप्रसाद बन्जारा सर्वसम्मत रुपमा निर्वाचित भएको महाङ्काल गाउँपालिका संयोजक माधव दुलालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप