महासचिवका आकांक्षीलाई खुल्न सकस
नेकपा एमाले दसौँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ । अन्य विभिन्न पदमा फाट्टफुट्टरुपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही आकांक्षी देखिएका छैनन् । अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिने गरी उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अध्यक्षपछिको महत्त्वपूर्ण कार्यकारी पद मानिने महासचिवमा आकांक्षीहरु देखिए पनि खुलेर कोही बोलेका छैनन् । महाधिवेशनमा सबै पदाधिकारी सर्वसम्मत हुने चर्चाले पनि नेताहरूले खुलेर उम्मेदवारी घोषणा गर्न नसकेका हुन् ।
हालको एमाले संरचनामा उपमहासचिव रहेका विष्णु पौडेल र घनश्याम भुसाल यसको स्वाभाविक दाबेदार भए पनि भुसालले महासचिवमा खासै रुचि राखेको देखिन्न । यस अर्थमा एमाले माओवादी एकीकरणपछि बनेको तत्कालीन नेकपामा महासचिव पद सम्हालेका पौडेल अहिले एमाले महासचिवका एक मात्र हकदार देखिएका छन् । तर अन्य नेताहरूले पनि भित्रभित्रै महासचिव पदमा आफ्नो दाबी प्रस्तुत गरिरहेकाले पौडेलले सो पद सजिलै पाउने अवस्था भने देखिन्न । महासचिवका लागि स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङले पनि रुचि देखाएको आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण