बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

चलचित्र निर्देशक रिनाशा वान्तवा काँग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

बुधबार, ०८ मङ्सिर २०७८, ११ : ०९
बुधबार, ०८ मङ्सिर २०७८

निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा राई काँग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । इलाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् ।

रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएकी थिइन् । तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेदवारी परेको थियो । रिनाशाले पाँचौ मत पाइन् । यो कोटाबाट चन्द्रमाया लिम्बू (६८३), बबिता लिङ्म (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिए । महाधिवेशन प्रतिनिधिको दौडमा चौथो भएकी सरिता श्रेष्ठले (४२२) र पाँचौ भएकी रिनाशाले (३४३) मत पाए ।

इलामको चुलाचुली पुर्ख्यौली घर भएकी रिनाशा केही समयअघि मात्रै इलाम आएकी थिइन् । रिनाशा ‘इन्टुमिन्टु लन्डनमा’ चलचित्रकी निर्देशक हुन् । उनले सयौ गीतमा कोरियाग्राफर गरेकी छन् । १५ वर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा क्रियाशील उनी आफ्नो क्षेत्रमा स्थापित छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप