एमाले महाधिवेशनको सुरक्षामा एआईजी थापालाई खटाउने निर्णय
बुधबार, ०८ मङ्सिर २०७८, २० : २६
नेकपा एमालेको दशौं महाधिवेशनको सुरक्षामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयले एआईजी सहकुल थापालाई महाधिवेशनको सुरक्षामा खटाउने निर्णय गरेको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।
एमालेको दशौं महाधिवेशन मंसिर १० मा शुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको सुरक्षामा नेपाल प्रहरी बाहेक सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि खटिनेछन् । सशस्त्र प्रहरीले गण नम्बर–१७ का गणपति दिपक थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।
एआईजी सहकुल थापाले मंसिर ९ बाट चितवनमै बसेर महाधिवेशन सुरक्षाको कमाण्ड गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण