शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

दुधको मूल्य ह्वात्तै बढाउने तयारी, १४ रुपैयाँसम्म वृद्धिको प्रस्ताव

बिहीबार, ०९ मङ्सिर २०७८, ०७ : ०१
बिहीबार, ०९ मङ्सिर २०७८

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ। कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुुग्ध विकास बोर्डले एक चरण सरोकारवालासँग छलफल गरिसकेको छ। सो छलफलबाट आएको निष्कर्ष कृषि मन्त्रालयलाई जानकारी गराएपछि थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ। 
बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दूधको मूल्य वृद्धि गर्ने विषयमा सरोकारवालासँग छलफल गरिसकेको र त्यसबारे मन्त्रालयलाई जानकारी गराइसकेपछि थप प्रव्रिmया अगाडि बढ्ने बताए । बोर्डसँग भएको छलफलमा किसान तथा उद्योगीले आआफ्नो तर्फबाट मूल्य प्रस्ताव गरेका छन्। किसानको तर्फबाट केन्द्रीय दुुग्ध सहकारी सङ्घ लिमिटेडले प्रतिलिटर १४ रुपियाँ र डेरी उद्योगीबाट नेपाल डेरी एसोसिएसन तथा डेरी उद्योग सङ्घले १० रुपियाँ वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन्। त्यस्तै सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले पनि अध्ययन गरेर दूधको मूूल्य वृद्धि हुुनुपर्ने भनेको छ भने केन्द्रीय पशुपालन सहकारी सङ्घले हालको मूल्यमा २० प्रतिशत थपेर मूल्य वृद्धि गर्नुुपर्ने प्रस्ताव गरेको छ। 
यता सरकारले प्रतिलिटर छ रुपियाँ वृद्धि गर्ने मनस्थिति बनाएको छ। यी सबै प्रस्ताव मात्र हुन्। बोर्डले यी सबै विषयको बारेमा मन्त्रालयलाई जानकारी गराई सकेपछि थप अध्ययनका लागि एउटा समिति बनाउने र सो समितिले दिने प्रतिवेदनका आधारमा मूल्य वृद्धि गर्ने राष्ट्रिय दुुग्ध विकास बोर्डको तयारी रहेको छ। गोरखापत्रमा खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप