अन्तै विवाह तय भएपछि प्रेमिकासहित आमाबाबुको हत्या
भारतको उत्तराखण्ड राज्यमा तीन जनाको हत्या गरेको आरोप लागेका एक युवक फरार भएका छन् । फरार भएका युवकमाथि प्रेमिका र उनका आमाबाबुको हत्या गरेको आरोप लागेको हो । उनले प्रेमिकाको अन्त नै विवाह तय भएको भन्दै प्रेमिकासहित उनका आमाबाबुको पनि हत्या गरेका हुन् । उनले धारिलो हतियारको प्रयोग गरेर उनीहरुको हत्या गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनाका क्रममा प्रेमिकाकी बहिनी घाइते भएकी छन् ।
फरार युवकको खोजी गर्नेलाई प्रहरीले ५० हजार भारतीय रुपियाँ इनाम घोषणा गरेको छ । मृतककी भाउजूका अनुसार उनको विवाह अन्त कतै तय भएकोले उक्त हत्याकाण्ड घटेको हो ।
देवीपाटन मण्डल गोन्डाका डिआईजी उपेन्द्र अग्रवालका अनुसार प्रेम सम्बन्धका कारण हत्याकाण्ड भएको हो । घटना नगर कोतवाली क्षेत्रको इमलिया गुरुदयालको हो । प्रहरीले उक्त घटनाका आरोपीको फोटो शेयर गर्दै पत्ता लगाउनेलाई ५० हजार जरिवाना तोकेको छ । दुवै एउटै समुदायका प्रेमिप्रेमिका थिए । प्रेमीले आफ्नो साथीको मद्दतले उक्त हत्याकाण्ड गरेका हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण