गण्डकी गाउँपालिकामा माओवादीको प्रथम गाउँ अधिवेशन सम्पन्न
नेकपा माओवादी केन्द्रले गण्डकी गाउँपालिकामा प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले सीताराम रसाइलीको नेतृत्वमा ५५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य चूडामणि खडकाले माओवादीले राष्ट्रिय सम्मेलनबाट विचारको विकास गर्दै देशको नेतृत्व गर्ने दाबी गरे ।
उनले अबको चुनावमा माओवादी १ नम्बर पार्टी बन्ने दाबी गर्दै अहिले देशैभर माओवादी पार्टीप्रति उभार आइरहेको बताए । उनले भने, अहिले माओवादी पार्टीको पक्षमा देशभर उभार आइरहेको छ, यसले माओवादीलाई एक नम्बर पार्टी हुनबाट कसैले रोक्न सक्दैन ।’

कार्यक्रमलाई गण्डकी गाउँपालिकाका इन्चार्ज दिपक तिमल्सिना, विशेष प्रदेश समिति सदस्य कृष्ण घिमिरे, जिल्ला सम्पर्क मञ्चका सल्लाहकार नारायण भट्टराई लगायतले सम्बोधन गरेका थिए । माओवादी केन्द्रले ११ गते देशैभर एकैपटक नगर सम्मेलन सम्पन्न गरेको हो ।
यी हुन् निर्वाचित पदाधिकारीहरु
अध्यक्ष– सीताराम रसाइली (मुक्ति)
उपाध्यक्ष– दानसिंङ गुरुङ
उपाध्यक्ष– मिलन मगराती (संगम)
सचीव– तुलसी रेग्मी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण