दाङ काँग्रेसको सभापतिमा डाँगी निर्वाचित
आइतबार, १२ मङ्सिर २०७८, १६ : २१
नेपाली काँग्रेस दाङको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् । आइतबार डाँगी सभापतिमा निर्वाचित भएका हुन् । डाँगी रामचन्द्र पौडेल पक्षका मानिन्छन् । दाङमा सभापति पदका ४ उमेदवार रहेका थिए ।
शनिबार भएको मतदानबाट कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि धेरै मत ल्याउने २ जनामा आइतबार मतदान हुने कार्यक्रम तय भएको थियो । तर शंकरलाई समर्थन गरेका भुपबहादुर डाँगीले उम्मेदवारी फिर्ता लिएपछि उनी सभापतिमा निर्वाचित भएका हुन् ।
हिजो भएको मतदानमा सभापतिका उम्मेदवारहरु शंकरप्रसाद डाँगीले ७ सय ७६, भुुपबहादुर डाँगीले ५ सय ४६, जानकीलाल बस्नेतले ४ सय ७१ र कमलकिशोर घिमिरेले ३ सय १५ मत प्राप्त गरेका थिए । बिजेता डाँगी केन्द्रमा पौडेल निकट भएपनि जिल्लामा भने दिपक गिरी निकट रहेका छन् । गिरी शशांक कोइराला निकट हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण