मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय
उपत्यकामा पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधनअन्तर्गत मोटरसाइकल तथा स्कुटरको चोरी बढेको छ । मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै खोजी कार्यलाई समेत तीव्रता दिएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले विभिन्न समयमा हराएर फेला परेका दुुई हजार ३१५ मोटरसाइकल र आठ स्कुटर आइतबार सम्बन्धित धनीलाई जिम्मा लगाइएको बताए ।
मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै महाशाखाले ‘पीडित सहायता एकाइ’ स्थापना गरी सादा पोसाकका ट्राफिकमार्फत खोजी कार्यलाई तीव्रता दिएको छ । ट्राफिक प्रहरी निरीक्षक जितेश दहालको नेतृत्वमा १६ जना सादा पोसाकमा रहेका प्रहरीले शङ्कास्पद स्थान तथा व्यक्तिमाथिको निगरानी तथा खोजतलास बढाएको छ ।
मोटरसाइकल तथा स्कुटरको चोरीमा व्यावसायिक गिरोह नै सक्रिय रहेको खुलेको छ । आर्थिक अवस्था कमजोर भएका युवा तथा कतिपय किशोरसमेत यस्तो गिरोहमा संलग्न रहेको पाइएको छ । पीडित सहायता एकाइ प्रमुख प्रहरी निरीक्षक दहालले हराएका सवारीसाधनको खोजी कार्य तीव्र पारिएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण