शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
कविता

अर्को आगो नबलोस्

शनिबार, २७ असार २०८३, १३ : १६
शनिबार, २७ असार २०८३

हरेक आँसुको कथा समाचारमा आउँदैन रहेछ, मानिस भित्रभित्रै रोएको देखिँदैन रहेछ।
ओठमा हाँसो बोकेर दिन कटाउनेहरूको, मनको भारी कसैले बुझ्दैन रहेछ।

बिरामी आमाको पीडा, छोराको सानो सपना, जिम्मेवारीको बोझ जोख्न सकिँदैन रहेछ।
कानुन चाहिन्छ, व्यवस्था पनि चाहिन्छ देशलाई, करुणाबिनाको नियम सफल हुने रहेनछ।

राज्यका कानुन बलिया बनुन, मुटु पनि साथ रहोस्, सजायले मात्रै जीवन फेरिँदैन रहेछ।
यति व्यस्त नबनौँ हामी, छेउकै पीडा सामान्य लागोस, मौन चित्कार सजिलै सुनिँदैन रहेछ।

मानिस एकैछिनमा मर्दैन, बिस्तारै हार्दै जान्छ, आशा निभेपछि फेरि बाँचिँदैन रहेछ।
दोषी खोजेर मात्रै घाउ कहिल्यै भरिँदैन, एउटा घरको उज्यालो फर्किँदैन रहेछ।

यदि यो पीडाले हाम्रो मनमा दियो बालिदियो भने, अर्को कुनै जीवन गणेश जसरी जल्दैन थियो।
बस्, देशमा नियम पनि रहोस्, करुणा पनि रहोस्।

कुनै बाबुको हात फेरि नछुटोस्, कुनै बालकको आँखा यसरी नरुओस्।

हार्दिक श्रद्भान्जली गणेश नेपाली !!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सन्तोष घिमिरे
सन्तोष घिमिरे
लेखकबाट थप