रुपन्देही उद्योग संघमा सल्लाहकार समिति चयन
रुपन्देही उद्योग संघमा सल्लाहकार समिति चयन गरिएको छ । संघका अध्यक्ष माधवप्रसाद पौडेलले संघको विधान २०३५ (संशोधन २०७७ सहित) भाग ५ को दफा २८ बमोजिम चयन गरेका हुन् ।
उक्त सल्लाहकार समितिको संयोजकमा संघका पूर्व अध्यक्ष दिनेशराज रेग्मी तथा सदस्यहरूमा लुम्बिनी सिट मेटल उद्योगका भूपाल कुमार श्रेष्ठ, सुपर कङ्क्रिट उद्योगका शिव कुमार पाठक, अस्मिता कापी उद्योगका ऋषि बहादुर भण्डारी, अग्नि सिमेन्ट उद्योगका राज कुमार पोखरेललाई मनोनयन गरिएको हो ।
त्यसैगरि संघको आर्थिक सल्लाहकारमा डा.खगराज शर्मा, कानुनी सल्लाहकारमा अधिवक्ता यमलाल खनाल, प्राविधिक सल्लाहकारमा ई.सुमन श्रेष्ठ र प्रेस सल्लाहकारमा सुमन अधिकारीलाई मनोनयन गरेको हो ।
संघको असोज २३ गते सम्पन्न २२ औँ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पौडेलले संघको विधानको अधिकार प्रयोग गरि सल्लाहकार समिति गठन गरेको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण