सुन तस्करीको आशंका : सुरक्षा जाँचमा कडाइ
सुन तस्करीको आशंकामा विदेशबाट फर्किएकाहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । दुबई, कतार र मलेशियाबाट नेपाल आएका यात्रुहरूलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गर्न थालेको हो । चेकजाँचमा कडाइ गर्न थालेपछि विमानस्थलमा सोमवारदेखि भीड बढेको छ ।
विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईका अनुसार विदेशबाट फर्किएका यात्रुमार्फत बाला बनाएर काँचो सुन भित्र्याउने गरेको आशंकामा जाँचमा कडाइ गरिएको बताए । उनका अनुसार झिटीगुन्टा सहुलियतको दुरुपयोग भएको हो कि भन्ने आंशकामा यात्रु जाँचमा कडाइ गरिएको हो ।
रोजगारीबाट फर्किएका नेपालीहरूलाई तस्करहरूले फसाएर सुन पठाउन सक्ने जोखिम बढेको सूचना पाएपछि नियमभन्दा बाहिरबाट ल्याइएको सुनको राजस्व तिर्न कडाइ गरिएको भट्टराईले दाबी गरे । झिटीगुन्टा नियमअनुसार गहनाका रूपमा ५० ग्रामसम्म सुन ल्याउने यात्रुले राजस्व तिर्नु पर्दैन । तर, त्योभन्दा बढी २ सय ग्रामसम्म गहनाका रूपमा सुन ल्याउने यात्रुले राजस्व तिर्नुपर्नेछ ।
यस्तै ५० ग्राम वा त्योभन्दा बढी कच्चा सुन कुनै पनि बहानामा भित्र्याए राजस्व तिर्न अनिवार्य गरिएको भट्टराईले बताए । ‘कच्चा सुनलाई बालाजस्तो आकार दिएर नेपाल भित्र्याउनेलाई कडाइ गरिएको छ,’ भन्सार प्रमुख भट्टराईले बताए । नेपालमा अवैध सुन भित्रिन सक्ने साउदी अरब, दुबई र मलेशियाबाट आउने यात्रुहरूमाथिको चेक जाँच उच्च प्राथमिकतामा परेको भन्सार कार्यालयले जनाएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण