राप्रपा अध्यक्षका लागि थापा र लिङ्देन मैदानमा : जबरा र लोहनीको समर्थन कसलाई ?
राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
आफूले राप्रपाालाई एकताबद्ध रूपमा अघि बढाउन चाहेको र बीचमै मैदान छाडेर भाग्न तयार नरहेको बताउ“दै उनले राप्रपालाई एकढिक्का बनाउने अभियानमा आफ्नो उम्मेदवारी नेतृत्वका लागि रहने उल्लेख गरे । नेतृत्वका लागि नेता लिङ्देनलेसमेत उम्मेदवारी घोषणा गरिसकेका छन् ।
यसपटकको महाधिवेशनमा हालका अध्यक्षत्रयमध्येका थापाबाहेकका दुई पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी भने मैदानबाहिरै रहने भएका छन् । उनीहरू मैदानबाहिर रहँदा समर्थन भने ‘कसलाई दिन्छन् रु’ भन्ने चासो राप्रपा वृत्तमा बढेको छ । जबरानिकट एक नेताका अनुसार उनले आफू अध्यक्षमा नउठ्ने बताइसकेका छन् ।
जबराले पार्टी एकताबद्ध बनाएर अघि बढ्नु पर्ने आवश्यकता रहेको औंल्याउँदै आफू भने नेतृत्वमा नभिड्ने सन्देश दिइसकेका हुन् । ‘उहाँले म उठ्दिन भनेर भनिसक्नु भएको छ, उहाँ एकता प्रयासमा हुनुहुन्छ, सहमतिबाटै नेतृत्व चयन गर्ने जोड हो,’ जबरानिकट स्रोतले राजधानीसँग भन्यो । तर, अर्का अध्यक्ष लोहनीले पनि अध्यक्षका उम्मेदवार लिङ्देनलाई सघाउने बचन दिइसकेका छन् ।
उनले आज मंगलबार बिहान ११ बजे जमलस्थित होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमै लिङ्देनलाई सघाउने घोषणासमेत गर्दै छन् । लोहनीनिकट नेता जनकराज पाठकले नयाँ पुस्तामा पार्टी नेतृत्व सुम्पिन लोहनी तयार भएको र लिङ्देनलाई सघाउने जानकारी दिएका हुन् । राप्रपा महाधिवेशन भोलिबाट सुरु भएर १७ मंसिरमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण