बुबा बने गायक रमेश प्रसाई
बुधबार, १५ मङ्सिर २०७८, ११ : ४४
गायक रमेश प्रसाई बुबा बनेका छन् । उनकी श्रीमती नन्दा सिंहले मंगलबार काठमाडौको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरी र आमाको अवस्था एकदमै राम्रो रहेको गायक प्रसाईले जानकारी दिए । ‘छोरीको जन्मले मैले अझै परिपक्व भएको महसुस गरेको छु’ प्रसाईले भने ।
गत वर्षको मंसिरमा धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजित एक समारोहमा रमेश र नन्दाको विवाह भएको थियो । करिव ३ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका थिए ।
लोकदोहोरी र राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश पछिल्लो समय ‘रिंकेबुङको राँगो’ को बोलको गीतकाख कारण चर्चामा छाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण