संविधानमा व्यापक संशोधन आवश्यक : जसपा नेता अधिकारी
बुधबार, १५ मङ्सिर २०७८, १४ : ३५
जसपा नेपालका नेता प्रकाश अधिकारीले संविधानमा व्यापक संशोधनको आवश्यकता औंल्याएका छन् । राप्रपा नेपालको एकता महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले विभेदहरुको अन्त्य नभएसम्म देशको विकास हुन नसक्ने बताए ।
उनले देशमा जातीय, क्षेत्रीय, लैंगिक विभेदका मुद्दा उठिरहेको चर्चा गर्दै यस्ता विभेदले राष्ट्रियतालाई कमजोर बनाउने प्रस्ट पारे । राष्ट्रियता बलियो बनाउनका लागि यस्ता विभेद अन्त्य हुनुपर्नेमा जोड दिए । राप्रपाको जारी महाधिवेशनले यस्ता विभेद, समाजमा आवश्यक आमुल परिवर्तनका दिशामा आफूलाई अघि बढाउन सकोस् भन्ने कामना पनि उनले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण