लुम्बिनी प्रादेशिक अस्पतालमा विस्तारित सेवा सुरु
लुम्बिनी प्रादेशिक अस्पतालले विस्तारित सेवा सुरु गरेको छ । अस्पतालमा अबदेखि थप रकम तिरेर विरामीले अतिरिक्त सेवा लिन पाउने छन् । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री ईन्द्रजित थारूले बुधबार एक समारोहका बीच अस्पतालले सुरु गरेको विभिन्न सेवाको उद्घाटन गरे । सो अवसरमा मन्त्री थारूले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको योजनामा राखेको बताए । उनले अस्पतालको सेवामा गुणस्तर कायम गर्न सवै जिम्मेवार बन्नुपर्ने निर्देशन पनि दिए ।
मन्त्री थारूले अस्पतालले अतिरिक्त शुल्क तिरेर अतिरिक्त समयमा पनि सेवा दिने कामले निजी अस्पतालमा बाध्यतावश गएका विरामी सस्तोमा लुम्बिनी अस्पतालबाट सेवा लिन सक्ने धारणा राखे ।
लुम्बिनी प्रदेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा इन्द्र ढकालले अतिरिक्त समयमा विरामीको हेर्ने कामलाई निरन्तरता दिदै अस्पताल छिट्टै क्यान्सर रोगीको उपचार पनि सुरु गर्ने तयारी गरेको जानकारी दिए ।
अस्पताललाई विशिष्टिकृत गर्न मृगौला तथा मुटु रोगको थप उपचार सेवाको विस्तारको तयारीको साथै कोभिडको त्रास पुनः फैलिन थालेकाले अक्सिजन प्लान्ट जडान गर्ने काम भइरहेको पनि डा ढकालले बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डा. विकास देवकोटा, लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सूर्य बहादुर भट्टराई लगायतले धारणा राख्दै एक सय वर्ष पुरानो अस्पतालको सेवा विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।
लुम्बिनी प्रदेश सरकारले कोभिडबाहेक कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण