राप्रपा अध्यक्षमा भिड्न टिम बनाउँदै थापा र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएर बनेको राप्रपाको पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो। हाल राप्रपामा ३ वटा अध्यक्ष छन।
एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङदेनबीच प्रतिस्पर्धा हुने भएको छ। महाधिवेशन अन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ। राप्रपामा केही पदाधिकारी र केन्द्रीय सदस्य गरी १ सय ४९ जना निर्वाचनबाट छानिनेछन् भने केही पदाधिकारी र केन्द्रीय सदस्य गरी ५० जना मनोनयन गर्ने व्यवस्था छ।
अध्यक्षको प्रतिस्पर्धामा देखिएका थापा र लिङदेनले आआफ्नो टिम बनाउन सुरु गरेको छन्। थापाको टिममा उपाध्यक्ष तथा महामन्त्रीमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, धु्रव प्रधान, जयन्त चन्दलगायतलाई समेट्न प्रयास भएको छ। यसैगरी लिङदेनको टिममा जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सना, धवलशमशेर राणा, भाष्कर भद्रा, रेखा थापा लगायतलाई समेट्न प्रयास भइरहेको छ।
राप्रपाका तीन अध्यक्षमध्ये यसपटक पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले उम्मेदवारी नदिने भएका छन्। लोहनीले आफ्नो समर्थन लिङदेनलाई हुने प्रस्ट पारेका छन्। राणा भने खुलेका छैनन्। बुधबारको बन्द सत्रमा राणाले पार्टीको एकता बचाइराख्न आफू अध्यक्षमा नउठ्ने जनाएका थिए। सर्वसम्मत नेतृत्व चयन गर्न उनले थापा र लिङदेनलाई आग्रह गरेका थिए।
अहिलेसम्म थापा र लिङदेन आफ्नो अडानबाट पछि हटेका छैनन्। थापाले लिङदेनलाई चार वर्षसम्म धेर्य गर्न आग्रह गरेका थिए। तर लिङदेनले राप्रपाको नेतृत्व नयाँ पुस्तामा आउनुपर्ने बताउँदै त्यसकै लागि आफूले उम्मेदवारी दिन लागेको जनाएका छन्। निर्वाचन प्रक्रियामा सहभागी हुन देशभरबाट राप्रपाका महाधिवेशन प्रतिनिधि काठमाडौं आएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण