विमानस्थलबाट तेस्रो दिन १५ किलो सुन संकलन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो दिन १५ किलो सुनका बाला संकलन गरिएको छ । विमानस्थल भन्सार कार्यालयले विदेशबाट बाला आकारमा काँचो सुन ल्याउन रोक लगाएर लगातार सुन त्यस्ता सुन संकलन गरेर राजस्व असुल गरिरहेको छ ।
बुधवार मध्यरातसम्ममा १५ किलो १६ ग्राम सुन संकलन गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । बुधवार विदेशबाट फर्किएका ३ सय २६ जना यात्रुले सुनका बाला लिएर आएका थिए । तीन दिनदेखि भन्सार काउन्टरमा संकलन गरेर राखिएको १३ दशमलव १२ किलो सुन यात्रुहरुले भन्सार तिरेर लगेका छन् । बुधवार मात्रै ४ सय १० जनाले आफुले ल्याएको बाला भन्सार तिरेर लगेको भन्सार प्रमुख भट्टराईले बताए ।
विमानस्थल भन्सारले ५० ग्रामसम्म नेपाली स्वरूपका सुनका गहना बनाएर ल्याएन छुट दिएको छ । तर, सुन तस्करले विदेशबाट फर्किनेहरूलाई भरिया बनाएर बाला आकारमा सुन तस्करी गर्ने गरेका थिए । बुधवार मात्रै भन्सार कार्यालयले १ करोड २६ लाख ८७ हजार राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालय सोमबार २१ किलो र मंगलबार ११ किलो सुन संकलन गरेको थियो । भन्सार काउन्टरमा डिपोजिट गरिएको सुन दुई महिनाभित्र राजस्व तिरेर लैजान सकिने प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण