काँग्रेस अधिवेशन : कर्णालीमा संस्थापन पक्षबाट ललितजङ्ग शाही र इतर पक्षका भुपेन्द्रजङ्ग शाही सभापतिका उम्मेदवार
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा संस्थापन र इतर पक्षले सभापति पदका लागि उम्मेदवार टुंगो लगाएका छन् । जसअनुसार संस्थापन पक्षले ललितजङ्ग शाहीलाई र इतर पक्षले भुपेन्द्रजङ्ग शाहीलाई सभापति पदको उम्मेदवार बनाएको छ ।
अहिलेसम्म दुवै पक्षले प्यानल भने घोषणा गरेका छैनन् । यद्यपि वरिष्ठ नेता रामचन्द्र पौडेको पक्ष भनिने इतर पक्षले प्यानल घोषणाको तयारी गरिरहेको छ । संस्थापन पक्षबाट यसअघि मुख्यमन्त्री जीवनबहादुर शाही पनि सभापति पदको दाबेदार मानिएको थियो । तर मुख्यमन्त्री शाहीले आफू सभापतिको आकांक्षी नभएको बताए । उनी संस्थापन पक्षका मानिन्छन् ।
दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । प्रदेश नेतृत्वका लागि सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण